Comments Add Comment

सन्नीसँगको तुलना बर्षालाई पाच्य कि अपाच्य ?

Barsha Siwakoti-3
हुनत, कसैको अनुहार अरु कुनै मानिसको जस्तो देखिनु खासै नौलो कुरा होइन । झन्, पर्दामा देखिने र दर्शकले चिन्ने अनुहारहरुमा यस्तो भयो भने त्यसले चर्चा बढी पाउँछ ।

चलचित्र ‘पशुपति प्रसाद’की नायिका बर्षा सिवाकोटीको तुलना अहिले बलिउड नायिका सन्नी लियोनीसँग हुन थालेको छ । सन्नी र बर्षाको अनुहार मिल्छ भन्ने खालका चर्चा भएपछि यी नायिका पनि अचम्ममा छिन् । अनलाइनखबरसँग कुरा गर्दै नायिका सिवाकोटीले सन्नीसँगको तुलनामा आफू सकारात्मक नरहेको जवाफ दिइन् ।

आफ्ना केही तस्बिरलाई लिएर सन्नीसँग तुलना भएपनि त्यसको चर्चा नकारात्मक हुँदा आफूलाई मन नपरेको उनको तर्क छ । उनले भनिन्-सन्नीको अनुहारसँग मात्र तुलना हुनु सामान्य हो । तर, अन्य नकारात्मक पाटोसँग पनि तुलना हुँदा दुख त लागिहाल्छ नि ।’

पूर्व पोर्न स्टार सन्नी लियोनीको विगत देखेर धेरै मानिस झस्कने गरेका छन् । सायद, यो तुलनाले बषर्ा पनि केही झस्केको हुनसक्छ । सन्नीसँग तुलना हुँदा बजारमा नकारात्मक खालका चर्चा पनि हुने भएकाले आफूलाई तुलना नगरेको नै राम्रो लाग्ने यी सुन्दरीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment