Comments Add Comment

फुटबल टोलीलाई प्रधानमन्त्रीको सम्मान, राखेपको सिफारिस अनुसार २-२ लाख दिने

Pm-Kp-oli-With-Football-team

१४ माघ, काठमाडौं । अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा २३ वर्ष लामोपछि उपाधि दिलाउन सफल नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल टिमका सदस्यलाई बिहीवार बालुवाटारस्थित आफ्नै निवासमा बोलाएर सम्मान गरेका हुन् । उनले खेलाडी तथा प्रशिक्षकहरुलाई खादा पहिर्‍याएर सम्मान गरे । साथै राष्ट्रिय खेलकुद परिषद्को सिफारिस अनुसार टोलीका सबै सदस्यलाई २/२ लाख रुपैयाँ प्रदान गरिने बताए ।

बंगबन्धु कपमा पाएको सफलताले नेपाली फुटबल जगतलाई म्याच फिक्सिङको लज्जाबाट माथि उठाएको उनले बताए । बंगबन्धु कपको उपाधि जित्ने टोलीबाट आफूले १२ औं सागमा स्वर्ण पदकको आशा राखेको प्रधानमन्त्रीस्ले बताए ।

नेपाली राष्ट्रिय फुटबल टिमले केही दिन पहिले मात्र वहराइनलाई पराजित गर्दै बंगबन्धु कपको उपाधि हात पारेको थियो ।

कार्यक्रममा युवा तथा खेलकुद्मन्त्री सत्यनारायण मण्डलले जीविकोपार्जनको समस्याका कारण खेलाडीहरुले म्याच फिक्सिङ गरेको हुनसक्ने भन्दै सरकारले खेलाडीहरुको भरणपोषणको जिम्मा लिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment