Comments Add Comment

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

१५ माघ, चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको कालिखोलामा सुक्खा पहिरो खसेर बन्द भएको सडक १५ घण्टापछि सञ्चालनमा आएको छ ।

बिहीबार राति ९ बजे सुक्खा पहिरो खसेर बन्द भएको सडक आज मध्यान्नदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले गाडी एकतर्फी रुपमा सञ्चालनमा आएको र दुईतर्फी सञ्चालनको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । चार वटा डोजर लगाएर पहिरो हटाइएको हो ।

पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र परेका सवारी र यात्रु अहिले गन्तव्यतर्फ लाग्न थालेका छन् । मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फको कालिखोलामा सुक्खा पहिरो खसेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment