Comments Add Comment

अख्तियारको छड्केमा परे वैदेशिक रोजगारका हाकिम

१५ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छड्के अनुगमन गरेको छ । छड्केका क्रममा विभागका महानिर्देशक केदार बोगटी नै बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको भेटिएको छ ।

CIAAयस्तै महामनिर्देशक बोगटीबाहेक अन्य २८ जना कर्मचारी पनि विदा नलिई कार्यालयमा नआएको पाइएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्यकरले बताए ।

‘आयोगको हटलाइनमा पटक-पटक विभागमा काम नभएको गुनासो आयो । त्यसै सूचनामा आधामरमा त्यहाँ पुग्दा धेरै कर्मचारी अनुपस्थित पायौं ‘ पुस्करले भने ।

विभागमा १३ जना राजपत्राकिंत, १० जना राजपत्रअकंकित र ६ जना श्रेणिीहिन कर्मचारी बिना जानकारी अनुपस्थित भेटिएको पुस्करले बताए ।

विभागले वैदेहिक रोजगारीमा भएका ठगीमा घटनाको मुद्दा फस्र्योटमा पनि ढिलाई भएको सूचनामा आधारमा केही कागजात पनि जफत गरेको छ ।

आयोगमा म्यानपावरमाथि अनुगमन नभएको, ओरन्टेशन दिने संस्था लथालिंग भएको लगायतका उजुरी परेका थिए । त्यसैका आधारमा अनुसन्धान अघि बढाईको प्रवक्ता पुस्करले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment