Comments Add Comment

सुन महंगियो, चाँदीको मूल्य स्थिर

Gold Silver market Newroad Kathmandu (2)१९ माघ, काठमाडौं ।  सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा ३ सय  रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको मूल्य आइतबारकै दरमा कामय थियो । मंगलबार तेजावी सुनको मूल्य भने ५१ हजार २ सय ५० रुपैयाँ तय भएको छ ।

मंलगबार भने सुनको मूलयमा समान्य वृद्धि भएको हो । पछिल्ला केही दिनमा सुनको मूल्य उकालो लागिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा महंगो भएकाले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जानकारी दिएको छ ।

चाँदीको मूल्य भने अाज पनि स्थिर छ । चाँदी प्रतितोला ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment