Comments Add Comment

वीरगन्ज नाकाबाट बस र ट्र्याक्टर भारत प्रवेश गर्‍यो

२० माघ, वीरगञ्ज । वीरगन्ज नाकाबाट नौ यात्रुवाहक बस र दुई वटा ट्र्याक्टर भारत प्रवेश गरेका छन् । वीरगन्जको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारी कै सहमतिमा साँझ ७:४५ बजेको समयमा यात्रु बस र ट्र्याक्टर भारत प्रवेश गरेका हुन् ।

भारत तीर्थ यात्रामा निस्केको ना३ख ७७९१, ना४ख १२८९, ना५ख ८१८, ना४ख ४११७, ना४ख ४४५१, ना२ख ४३५७, ना३ख २६६६, ना३ख ३२३१ र ना४ख ४२७० नं को बस तथा ना२ख ३२७८ र ना२च ६९१ नं को ट्र्याक्टर मितेरीपुलबाट भारत प्रवेश गरेका सीमा प्रहरी कार्यालय इनर्वाले जनाएको छ ।

बसमा बोलबम कावरीया काफ्लाका ८०० तीर्थ यात्रु थिए भने ट्र्याक्टरमा १५० बोरा पिना रहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment