Comments Add Comment

दार्चुला–काठमाडौं नियमित बस सञ्चालन

२१ माघ, बैतडी। महाकाली सेती यातायात व्यवसायी समितिले बिहीबारदेखि दैनिक दार्चुला–काठमाडौं बस सेवा सञ्चालन गरेकोे छ ।

गत मंसिर २४ गतेदेखि एक दिन बिराएर सञ्चालन भएको अपी डिलक्स बस सेवा यात्रुको चाप बढेपछि आजदेखि दैनिक रुपमा सञ्चालन गरिएको यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले बताए । उनले भने, ‘यात्रुको मर्कालाई ध्यानमा राखी दैनिक बस सेवा सञ्चालन गरेका हौं ।’

हिटर जडित बसमा वाइफाइ सुविधासमेत उपलब्ध रहेकाले यात्रा आरामदायी हुने उनको भनाइ छ । दार्चुलाबाट काठमाडौंसम्मको भाडा प्रतियात्रु रु दुई हजार ५६० निर्धारण गरिएको छ । दार्चुलाबाट बिहान ७ बजे र काठमाडौंबाट बिहान ११ः४५ बजे बस छुट्ने समितिले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment