Comments Add Comment

मधेसी मोर्चाको व्यवहारप्रति मानवअधिकार आयोगको आपत्ती

२१ माघ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपाली काँग्रेसका नेतालाई धनुषा जिल्ला प्रवेशमा रोक लगाउने र उनीहरुको घर सम्पत्तिमा तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

NHRCमोर्चाको बिरोधका कारण नेपाली काँग्रेसका सांसदहरु आफ्नो निवासबाट बाहिर निस्कन नसक्ने अवस्थामा रहेको आयोगको अनुगमनबाट पाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमा हस्ताक्षर गरेकालाई मधेस प्रवेश रोक लगाउन भन्दै जिल्लाहरुमा सांसद तथा नेताहरुको घर एवं सम्पत्ति माथि भएको आगजनी र तोडफोडको बिरोध गरिएको छ ।

मानवअधिकार आयोगले मधेसी मोर्चाका कार्यकर्ताहरुको यस्ता व्यवहार मानवअधिकारको मान्यता विपरीत छ र कानूनद्वारा दण्डनीय रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment