Comments Add Comment

यु १९ विश्वकप अपडेटः नेपाललाई चौथो सफलता

माघ २२, काठमाडौं । बंगलादेशमा जारी  यु -१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो क्वाटर फाइनल खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

नेपालले घरेलु टोली बंगलादेशसामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ । र बंगलादेशले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

नेपाल र बंगलादेशबीचको खेलको हामी निरन्तर अपडेटमा छौं:

नेपाललाई ६ विकेटले हराउादै बंगलादेश पहिलो पटक यु्-१९ बिश्वकप क्रिकेटको सेमिफाइनलमा । यु-१९ विश्वकपको सेमिफाइनलमा पुग्ने ऐतिहाँसिक सफलताबाट नेपाल चुक्यो ।
०००

बंगलादेशका मेहेदी हसन र जाकीर हसनको शतकीय साझेदारीले बंगलादेश जितको नजिक पुगेको छ । बंगलादेशलाई जितका लागि २० बलमा १९ रन आवश्यक ।
०००
बंगलादेशलाई जितका लागि ५ ओभरमा २७ रन अवश्यक
०००
४२ ओभरको खेल सकियो । बंगलादेशको ४ विकेटको क्षतिमा १५५ रन बनाएको छ ।
०००
४० ओभरको खेल सकियो । बंगलादेशले ४ विकेट गुमाएर १४४ रन बनाएको छ ।
०००

जितका लागि बंगलादेशलाई ७८ बलमा ७८ रन अवश्यक । नेपालको उत्कृष्ट बलिङ आक्रमण जारी ।
०००

जितका लागि नेपाललाई ६ विकेट र बंगलादेशलाई ९० रन अवश्यक । १६ ओभरको खेल बाँकी । 
०००
बंगलादेशलाई जितका लागि १११ बलमा १०० रन आवश्यक ।
०००

२१२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २९ ओभरमा १०० रन पुरा गरेको छ । नेपाली स्पिनरहरुले खेल पूर्णरुपमा नियन्त्रणमा लिएका छन् ।
०००

सुनिल धमलाले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा २८.१ ओभरमा जोयराजलाई ३८ रनमा आउट गराएका छन् ।
०००

बंगलादेशले २७ ओभरमा ३ विकेट गुमाएर ९० रन जोडेको छ ।
०००
नेपालका कीर्तिमानी बलर सन्दिप लामिछानेले २३ औं ओभरको पहिलो बलमा बंगलादेशका निजामुल हुसेनलाई व्यक्तिगत ८ रनमा क्याच आउट गराए ।
०००

२१२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा २ विकेट गुमाएर ६४ रन जोडेको छ ।
०००
बंगलादेशका पिनाक घोषलाई नेपाली बलर सुशील काडेलले बीसौं ओभरको दोस्रो बलमा व्यक्तिगत ३२ रनमा रनआउट गराएका छन् ।
०००

बंगलादेशले १६ ओभरको समाप्तिमा १ विकेट गुमाएर ५० रन जोडेको छ ।
०००
२१२ रनको लक्ष्य पछ्याएको बंगलादेशले १३ ओभरमा १ विकेट गुमाएर ३७ रन जोडेको छ ।
०००
पावर प्लेमा बंगलादेशले १ विकेट गुमाएर मात्र २१ रन जोडेको छ । नेपाली स्पिनरहरुले खेललाई आफ्नो नियन्त्रणमा राखेका छन् ।
 ०००

सातौं ओभरको तेस्रो बलमा नेपाललाई पहिलो सफलता मिलेको छ । सुनिल धमलाले बंगलादेशी ओपनर सइफ हसनको विकेट लिएका छन् । बंगलादेशले ६.४ ओभरमा १ विकेट गुमाएर १७ रन जोडेको छ ।

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment