Comments Add Comment

आतंकवादसँग जोडिएका सवा लाख अकाउण्ट टि्वटरद्वारा ब्लक

Twitter-Reutersमाइक्रोब्लगिङ साइट टि्वटरले १ लाख २५ भन्दा बढि अकाउण्ट ब्लक गरिदिको छ । प्रतिबन्धित गरिएका टि्वटर अकाउण्ट मध्ये आधाजसो आतंकवादी संगठन आइ एस सँग सम्बन्धित रहेको बताइएको छ ।

आफ्नो प्लेटर्फमबाट आतंकवाद सँग जोडिएका सामाग्री हटाउने प्रयासका रुपमा यो कदम उठाएको टि्वटरले जनाएको छ ।

ब्लक गरिएका टि्वटर अकाउण्टहरुमार्फत धम्की दिने तथा आतंकवादी गतिविधिहरुलाई बढावा दिने खालका सामाग्रीहरु प्रकाशित गरिएको थियो । यी सबै अकाउण्टहरु गएको एक वर्ष भित्रमा ब्लक गरिएको हो ।

टि्वटरले आफ्नो पोलिसी ब्लगमा लेखेको छ: विश्वका धेरैजसो मानिसहरु जस्तै हामीपनि आतंकवादी संगठनका जघन्य कामबाट चिन्तित छौँ । हामी आतंकवादलाई बढावा दिनका लागि टि्वटरको प्रयोगको निन्दा गर्दछौँ । हाम्रो नियमले प्रष्ट गर्दछ की यस्तो प्रकारको व्यवहार तथा कुनै प्रकारको हिंसालाई टि्वटरमा अनुमति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment