Comments Add Comment

मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न तयार !

२५ माघ, काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेसमेत सञ्चालक रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले मनमोहन मेडिकल कलेज सरकारले खरिद गर्न चाहेमा हस्तान्तरण गर्न तयार रहेको बताएको छ ।

Manamohan-Memorial-Hospitalमेडिकल कलेजले सरकारसँग यसबारे लिखित प्रस्ताव नै पेश गरेको छ । तर, मनमोहन अधिकारीकै नामबाट सञ्चालन गर्नु पर्ने उसको शर्त छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाको सञ्चालक समितिको बैठकले विज्ञहरुको टोलीबाट सम्पत्ति मूल्यांकन गरेर मन्त्रिपरिषदबाट प्रस्ताव पारित गरिए सरकारलाई अस्पताल हन्तान्तरण गर्ने बताएको छ ।

संस्थाले मनमोहन मेडिकल कलेज सञ्चालनका लागि स्वयम्भूमा अस्पताल भवन र दहचोकमा बेसिक साइन्स भवन बनाएको छ । तर, उसले अझैसम्म मेडिकल कलेज सञ्चालनको अनुमति पाएको छैन ।

पछिल्लो पटक मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदमा लगेपछि डा. गोविन्द केसीले अनसन बस्ने तयारी गरेका छन् । विधेयक विवादमा परेपछि नेपाल स्वास्थ्य सेवा सहकारीले सरकारलाई हस्तान्तरण गर्ने वा गैरनाफामूकल ट्रष्टका रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment