Comments Add Comment

संविधान कार्यान्वयनमा कोइरालाको अभाव खड्किने: राप्रपा नेपाल

२६ माघ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अभाव खड्किने बताएका छन् ।

RPP-Nepalपूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति कोइरालाको गएराति भएको दुःखद निधनले आफू र राप्रपा नेपाल परिवार स्तब्ध भएको भन्दै थापाले कोइरालाप्रति श्रद्धाञ्जली र कांग्रेसप्रति समवेदना प्रकट गरेका छन् ।

थापाको वक्तव्यमा लेखेका छन्, ‘संविधान निर्माणको क्रममा स्व. कोइरालाले पुर्‍याउनु भएको योगदान सदा अविष्मरणीय रहनेछ साथै संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको समयमा राष्ट्रलाई स्व. कोइरालाको अभाव खटि्कने नै छ । कोइरालाको निधनले राष्ट्रले असल, सरल, सादगी जीवनशैली भएको, लोकतन्त्रप्रति प्रतिबद्ध, लोकतन्त्रको सुदृढीकरणमा तल्लीन नेता गुमाएको मैले ठानेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment