Comments Add Comment

कोइरालाको योगदानबिना संविधान सम्भव थिएनः प्रचण्ड

Prachanda-Dhankuta

२६ माघ, धनकुटा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको दृढ संकल्प नभएको भए संविधानसभाबाट संविधान निर्माण सम्भव नभएको बताएका छन् ।

कार्यकर्ता प्रशिक्षणको लागि प्रदेश नम्बर १ को धनकुटा पुगेका प्रचण्डले क्रान्तिकारी पत्रकार संघ धनकुटाद्वारा आयोजित पत्रकार सम्मेलनमा सुशील कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनको एक स्थापित व्यक्तित्व भएको बताए ।

संविधान निर्माणमा योगदानका कारण कोइराला नेपालको एक अविस्मरणीय राजनीतिक व्यक्तित्व बनेको प्रचण्डको भनाई छ ।

एउटा बलियो राष्ट्रिय एकता बनोस्, संविधान कार्यान्वयको प्रक्रिया सहज अगाडि बढोस् भन्ने चाहना कोइरालाको भएकाले सबै एकतावद्ध भएर राष्ट्रिय एकताका लागि संकल्प गर्नु गर्नुपर्ने प्रचण्डले बताए ।

एक अर्को प्रशंगमा प्रचण्डले भने ‘मैले यो कुरालाई लगातार जोड दिँदै आएको छु । राष्ट्रिय एकताको बलिायो आधार वामपंथी एकता पनि हो । किनभने नेपालमा वामपंथी जनमत नै सबैभन्दा बढी विद्यमान छ । मुलुकको उन्नतीको लागि वामपन्थी एकता अवश्यक रहेको प्रचण्डको ठहर छ ।

संविधान निर्माण भइसकेको र भारतीय नाकाबन्दी खुलिसकेकाले अब भूकम्पपछिको पूनर्निर्माण र आर्थिक विकासको प्रक्रियामा केन्द्रीत हुने राम्रो अवसर बनेको अध्यक्ष प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment