Comments Add Comment

दलदलमा फसेर गैंडा मर्‍यो

Souraha-gaida

२७ माघ, चितवन । चितवन निकुञ्जको पूर्वी क्षेत्रमा एउटा गैंडा दलदलमा फसेर मरेको छ । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जको कछुवानी पोस्ट नजिकै दलदलमा फसेर गैंडा मरेको हो ।

दलदलमा फसेको अवस्थामा मृत भेटिएकाले गैंडालाई निकाल्न नसकिएको तर, हात्तीको सहायतामा खाग भने निकालिएको उनले जानकारी दिए ।

गैंडा भाले र पोथी कुन हो पहिचानसमेत हुन सकेको छैन । यसअघि गत पुसमा पूर्वी चितवनको कुमरोज क्षेत्रमा एउटा गैंडा मृत फेला परेको थियो ।

वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकका अनुसार अर्को गैंडासँग जुधेर भाले गैंडा मरेको थियो ।

चितवन निकुञ्जमा गएको एक वर्षमा १० गैंडा कालगतीले मरेको निकुञ्जले जनाएको छ । विगत केही वर्षदेखि चोरी सिकारबाट गैंडा मरेका छैनन् । जिल्लमा तीन पटक शुन्य चोरी सिकार वर्ष मनाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment