Comments Add Comment

संविधान संशोधन गरेर माग पुरा हुन्छ: नेम्वाङ

१ फागुन, इलाम । नेकपा एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सबैको सहमतिमा जारी भएको संविधान भएकाले यसलाई पुनः संशोधन गरेर अघि बढ्न सकिने बताएका छन् ।

subash nembangएमाले इलामद्वारा गजुरमुखीमा आयोजित क्षेत्र नं २ को कार्यकर्ता प्रशिक्षणमा नेम्वाङले संविधान संशोधन गरेर असहमत राजनीतिक दलको विचार र भावना संविधानमा समेटिने बताए ।

अहिलेको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताउँदै यसको सफल कार्यान्वयन भएमा मुलुक समृद्धितर्फ अघि बढ्ने उनले बताए । ‘संविधानमा चित्त नबुझेमा संशोधन गर्दै अब आर्थिक विकासमा लाग्नुपर्छ, उनले भने, ‘मुलुकमा राजनीतिक स्थायित्वका लागि आर्थिक विकासमा सबै एक भएर लाग्नुको विकल्प छैन ।’

संविधानमा चित्त नबुझेका कुरालाई संसद्बाट अघि बढाउनुपर्नेमा सडक र सीमामा बसेर आन्दोलन गर्नु उचित नभएको र अहिले आन्दोलनसमेत समाप्त भएकाले अब संसद्बाट निकास खोज्न आग्रह गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment