Comments Add Comment

युएईमा जनचेतना अभियान सम्पन्न

Work-Safe

यूएई । एनआरएन एनसीसी, युएईको जनचेतना अभियान २६ फेब्रुबरीमा एकै दिन दुई स्थानमा जनचेतनामुलक कार्यक्रम गर्दै समापन गरिएको छ । यूएईका नेपालीहरुलाई यहाँको कानुन, नीति नियम, दण्ड,जरिवाना, स्वास्थ्य तथा विविध जानकारी दिने उदेश्यले सञ्चालित अभियान भव्यताका साथ सम्पन्न भएको एनआरन यूएईका अध्यक्ष सुदिप कार्कीले बताए ।

यस अघि फेब्रुवरीका हरेक शुक्रबार फुजेरा, रास अल खेमा, सारजा, अबुधाबी, एअ ऐनमा पनि यस्तै अभियान आयोजना भएको थियो । फेब्रुवरीको अन्तिम शुक्रबार एनआरएन दुबई क्षेत्रीय समितिको पहलमा अलकुजको अल जफर कम्पनी र जवेल अलीको क्युबिजी कम्पनीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम एनआरएन एनसीसीका अध्यक्ष सुदिप कार्कीको सभापतित्व र नेपाली दूतावासका महामहिम राजदुत धनन्जय झाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । एनसीसी युएईका केन्द्रिय पदाधिकारीहरुको पनि उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा राजदुत झाले श्रमिकहरुको समस्या र उक्त समस्याको समाधानमा दूतावसले गरेका पहलको विषयमा सम्बोधन गर्नुका साथै श्रमिकहरुको समस्यालाई समाधान गर्न दूतावास सधैं तयार रहेको बताएका थिए ।

युएईमा रहेको नेपालीहरुको समस्या न्युनीकरण एवम् समाधाका लागि दुतावास स्थापना भएको स्मरण गराउँदै नेपालीहरु आफै सचेत रहन राजदूत झाले सुझाएका थिए ।

त्यसैगरी एनआरएन एनसीसीका अध्यक्ष कार्कीले नेपालीहरुको समस्या सामाधानका लागि एनसीसी युएई निरन्तर क्रियाशील रहने कुरा व्यक्त गर्नुका साथै नेपालीहरुले भोग्नु परेको समस्याको प्रमुख कारण हामी बीचमा रहेको जनचेतनाको कमीलाई महसुस गरी त्यसलाई न्युनीकरण गर्ने अभिप्रायका साथ जनचेतना सम्वन्धी कार्यक्रमको आयोजना गरिएको कुरा जानकारी दिए । उनले आफ्नो कार्यक्रमबाट प्रभावित भएर यूएईका अन्य संघसंस्थाहरुले पनि यस्तै प्रकृतिको कार्यक्रम गर्न लागकेामा खुसी प्रकट गरे । आगामी दिनमा पनि यस प्रकृतिका कार्यक्रम निरन्तर सुचारु राख्नु पर्ने कुरामा जोड कार्कीले जोड दिए ।

एनआरएन एनसीसीका अनुशासन विभागका सदस्या एवम् एनआरएन अभियानका पुराना अभियानकर्ता राजेश दर्शन अर्यालले एनआरएनको बारेमा प्रकाश पारेका थिए । संस्थाका सल्लाहकार तथा अनुशासन विभागका संयोजक निमेश गिरी र दुबई क्षेत्रीय समितिका अध्यक्ष हरि खड्काले युएईमा रहदा पालन गर्नु पर्ने यहाँको नियम एवं यहाँ रहदा अपनाउनु पर्ने १८ बुँद्धाहरुलाई प्रस्ट पारेका थिए । एनआरएन यूएईका उपाध्यक्ष रमेश श्रेष्ठले जनचेतनामूलक अभियान अत्यन्त प्रभावकारी भएको भन्दै आगामी दिनमा विभिन्न सामाजिक संघसस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा बताएका थिए ।

उपस्थित सवैलाई संस्थाका अध्यक्ष कार्कीले धन्यवाद ज्ञापन गर्नुका साथै यहाँ रहेर हामीले युएईको कानुनलाई पालना गर्न अपिल गरेका थिए । कार्यक्रमलाई सफल पार्न सक्रिय भुमिका निभाउने दुवई क्षेत्रिय समिति तथा ओमप्रकाश पोख्रेल, नवीन पौडेल लगायत प्रत्येक्ष परोक्ष सहयोग गर्नु हुने सवैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उक्त कार्यक्रम संस्थाको महासचिव दिपक खडकाले सञ्चालन गरेको उक्त कार्यक्रमा विभिन्न कम्पनीमा कार्यरत करिब दुई दुई सय नेपालीहरुको सहभागिता रहेको एनआरएन यूएईका प्रवक्ता बालकृष्ण मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment