Comments Add Comment

नयाँ शक्तिका अभियान्ता दान दिएका गाई जस्तैः टोपबहादुर

Top-bahadur-Rayamajhi

कपिल ज्ञवाली

१६ फागुन, बुटवल । एमाओवादीका सचिव टोपबहादुर रायमाझीले नयाँ शक्तिाका अभियन्ताहरु ‘दान दिएका गाई’ भनी टिप्पणी गरेका छन् ।

अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पसले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा रायमाझीले नयाँ शक्तिमा कुनै नयाँपन नै नभएको बताए ।

नयाँ शक्ति निर्माणका संयोजक डा. भट्टराईले माक्सवाद पनि त्यागेको आरोप लगाए । ‘पार्टी विचारले चल्ने हो, तर भट्टराई अन्त कतैबाट चल्नुभयो । यो ठूलो भूल हो ’ उनले भने ।

नयाँ शक्ति कुनै पार्टी नभई क्लबको रुपमा विकसित भइरहेको उनको दाबी थियो । अब एमाओवादी नै ठूलो कम्यूनिष्ट शक्ति हुने दाबी गर्दै उनले डा. भट्टराईले पार्टी छाडेर गम्भिर भूल गरेको बताए ।

उपप्रधान तथा उर्जामन्त्री समेत रहेका रायमाझीले सरकारले अब सबै समस्याको समाधान गर्ने गरी काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment