Comments Add Comment

इएल क्लासिकोः रोनाल्डो भर्सेज मेस्सी

Ronaldo-Vs-Messiस्पेनिस जाइन्ट बार्सिलोनाले शनिबार राति ला लिगामा घरेलु मैदानमा रियल मड्रिडसँग खेल्दैछ । र, उसले १० अंकको अग्रता लिन अपेक्षा गरेको छ ।

ग्यारेथ बेलले भने ला लिगाको दोस्रो इएल क्लासिकोमा जित हात पारे रियल मड्रिड उपाधि होडमा र्फकने दाबी गरे । तर, ३९ खेलमा अपराजित रहेको बार्सिलोनालाई हराउन त्यति सजिलो छैन ।

अन्तर्राष्ट्रिय खेलपछि बार्सिलोनाका लागि राम्रो र नराम्रो दुबै खबर छ । लिओनल मेस्सी, नेयमार र बार्सिलोना चोट विना फर्किएका छन् । तर, डिफेण्डर म्याथुले यो सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् ।

अब बार्सिलोनाको गोलकिपर ब्राभो भन्दा अगाडि डिफेन्स लाइनमा जोर्डी अल्बा, ड्यानी अल्भेस, जेरार्ड पीके र मासेरानो हुनेछ ।

बार्सिलोनाको मिडफिल्डमा आन्द्रे इनिष्टा र बुस्केट हुने सम्भावना छ, जसमा राकिटिक पनि हुनेछन् । मेस्सीले पहिलो इएल क्लासिको गुमाएका थिए । तर, शनिबारको खेलमा उनी उपलब्ध हुनेछ ।

रियल मड्रिडको गोलपोष्ट नाभासले सम्हाल्नेछन् । डानिलो, रामोस्, पेपे र मार्सेलोले डिफेन्स लाइन सम्हाल्नेछन् भने मिडिफिल्डमा टोनी क्रुज र लुका मोडरिक हुनेछन् । फवार्ड लाइनमा भने बेलसँगै करिम बन्जिमा र क्रिष्टियानो रोनाल्डो रहनेछन् ।

यसका बाबजुत सबैको ध्यान भने मेस्सी र रोनाल्डोमा नै हुनेछ । रोनाल्डोले बार्सिलोनाविरुद्धको १५ खेलमा गोल गरेका छन्, जसमध्ये ९ गोल नाउक्याम्पमा भएको छ । मेस्सीले भने २१ गोल नै गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment