Comments Add Comment

राप्रपा नेता पर्शुराम खापुङ्ग बाबुरामको नयाँ शक्तिमा प्रवेश

Parshuram-Khapung

१९ चैत, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य एवम पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य पर्शुराम खापुङ्ग पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा प्रवेश गरेका छन् ।

खापुङ्गले शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँशक्तिमा लागेको घोषणा गरे ।

राप्रपामा छलछाम, जालझेल, चाकडी चाप्लुसी, चुक्ली र अवसरवाद हावी भएको खापुङले बताए । राप्रपाबाट अब देश र जनताको सेवा सम्भव नदेखेपछि आफूले आजैको मितिदेखि नयाँ शक्ति अभियानसँग मिलेर काम गर्ने उनले बताए ।

खापुङले भने,’ठूलो आन्दोलनपछि पनि जनता सन्तुष्ट छैनन । सरकार गफाडीको जत्था जस्तो भयो, भूकम्प पीडितले राहत पाएनन् । जनताले अहिलेसम्म परिवर्तनको महसुस गर्न पाएनन् ।’

खापुङले नयाँ शक्तिका संयोजक डा. भट्टराई बामपन्थी सोचबाट आए पनि अहिले द्वन्द्वात्मक भौतिकवादबाट प्रजातन्त्र र लोकतन्त्र बाटो हुँदै समृद्ध मुलुक निर्माणमा लागेकाले आफूसँग विचार मिलेको बताए ।

राप्रपाले नयाँ संविधान जारी भएपछि सोही अनुसार पार्टीलाई अगाडि बढाउनु पर्नेमा त्यस विपरीत कार्य गरेको भन्दै आफूले सक्दो सुधारको प्रयास गरे पनि राप्रपाबाट अब देशले निकास पाउन सम्भव नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment