Comments Add Comment

नेपालको संविधान फ्रान्सको भन्दा प्रगतिशीलः फ्रान्सेली राजदूत

CMPrachanda_French_amba (2) (Large)

२४ चैत, काठमाडौं । फ्रान्सका राजदूत एभेस करमोनले नेपालको संविधान फ्रान्सको भन्दा प्रगतिशील रहेको बताएका छन् ।

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटका लागि बिहान लाजिम्पाट पुगेका राजदूत करमोनले फ्रान्सले नेपालको संविधानलाई पूर्ण रुपले समर्थन गरेको बताएका थिए ।

अध्यक्ष दाहालले राजदूत करमोनसँग हालै भारत र युरोपियन युनियनले जारी गरेको संयुक्त विज्ञप्तीबारे फ्रान्सको धारणा मागेका थिए ।

भेटवार्तामा दाहालले नेपाल भिन्न परिस्थितिबाट गुज्रिएको बताउँदै देशका समस्याहरु विगतदेखि नै नेपाली जनता आफैंले समाधान गरिहेको बताएका थिए ।  उनले संविधानमा उत्पीडित जाति, समुदाय, लिंग, क्षेत्रलाई समेटिएको बताउँदै अझै धेरै विषयहरु संविधानको कार्यान्वयनका क्रममा सुधारिँदै लैजाने बताएका थिए ।

भेटमा राजदूतले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानीका लागि इच्छुक रहेको बताउँदै नेपालले लगानीको वाताबरण बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment