Comments Add Comment

गृहमन्त्री पूर्वाञ्चल दौडाहामा, झापादेखि तेह्रथुमसम्म पुग्ने

Shakti Basnet  (1)२६ चैत, बिराटनगर । शुक्रबार बेलुका बिराटनगर विमानस्थलको भीआइपी कक्षमा धनकुटा, सुनसरीलगायतका जिल्लाका प्रशासकहरु देखा परे । उनीहरु त्यहाँ भेला हुनुको उद्देश्य थियो, गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई स्वागत एवं ‘रिसिभ’ गर्नु ।

स्रोतका अनुसार पूर्वाञ्चलका विभिन्न जिल्लामा आयोजना गरिएका कार्यक्रममा सहभागी हुन गृहमन्त्री बस्नेत शुक्रबार बेलुका बिराटनगर पुगेका हुन् । मन्त्री बस्नेतको शुक्रबार रातिको बास सुनसरीको पकलीमा हुने बताइएको छ ।

शनिबार बिहान मन्त्री बस्नेत झापा जानेछन् । त्यसपछि उनी तेह्रथुमको जिल्ला प्रशासन कार्यालय भवन उदघाटनमा पुग्नेछन् । त्यहाँबाट फर्केर धनकुटामा जिल्लाका सरकारी अधिकारी एवं सुरक्षा अधिकारीहरुको भेलालाई निर्देशन दिने कार्यक्रम छ । र, आइतबार सुनसरीमा पूर्वाञ्चलको सुरक्षा समीक्षा बैठकमा गृहमन्त्री सहभागी हुने स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment