Comments Add Comment

महंगी र कालाबजारीविरुद्ध नयाँ शक्तिको धर्ना (फोटो फिचर)

NayaShakti Nepal Dharna 3

२८ चैत, काठमाडौं । नयाँ शक्ति नेपालले भूकम्प पीडितहरुको मुद्दा सम्बोधन गर्न तथा महंगी र कालोबजारी नियन्त्रण गर्न माग गर्दै दुई घण्टा भद्रकालीमा धर्ना दिएको छ ।

भद्रकालीको पिपलबोटको चौतारीमा धर्नामा बसेकाहरुले सिंहदरबारको मुख्य गेटतर्फ फर्किएर नाराबाजी गरेका थिए । देशमा व्याप्त महंगी, कालाबजारी, भ्रष्टाचार र भूकम्पपीडितलाई राहत तथा पुनर्निर्माणको काममा भइरहेको ढिलाइबिरुद्ध सरकारको ध्यानाकर्षण गराउन सांकेतिक धर्ना दिइएको नयाँ शक्ति नेपालले जनाएको छ ।

Baburam Bhattarai

बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना दिइएको हो । धर्नामा सहभागीहरुले बढ्दो महंगी नियन्त्रण गर, भूकम्प पीडितलाई सहयोग खोई, भ्रष्टाचारीलाई कारबाही गर, राष्ट्रिय एकता कायम गर लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

‘नयाँ शक्ति नेपाल’ लेखिएको रातो क्याप लगाएर डा. बाबुराम भट्टराई सहभागी भएका थिए । धर्नामा अभिनेतृ करिश्मा मानन्धर पनि थिइन् । उनले ‘महिला हिंसा नियन्त्रण गर’ लेखेको प्लेकार्ड बोकेकी थिइन् ।

Hisila Yami

Karishma Manandhar

Nayashakti Nepal Dharna

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment