Comments Add Comment

आगलागीका कारण चार घर जले, ७५ लाख बढीको क्षति

Butwal-Aago४ वैशाख, ताप्लेजुङ । पूर्व क्षेत्रका बिभिन्न जिल्लामा शुक्रबार भएको आगलागीमा परि चार घर जल्दा ७५ लाख बढीको क्षती भएको छ । शुक्रबार पुर्वको तेह्रथुम, संखुवासभा र मोरङमा आगलागि हुँदा क्षति भएको हो ।

मोरङको सुन्दर दुलारी ९ लोचनीस्थित खडानन्द घिमिरेको घरमा अपरान्ह बिधुत सर्ट भई अचानक आगलागी हुँदा उनको टिनले बनेको एक तले घर, भान्सा, गोठ र परालको कुन्युसमेत पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट घिमिरेको अन्दाजी १० लाख बराबरको धनमाल क्षती भएको बताईएको छ । आगलागी स्थानीयवासी प्रहरी र दमकलको सहयोगमा एकघण्टा पछि पुर्ण नियन्त्रणमा आएको पुर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यसैगरी तेह्रथुमको इसिबु ९ बस्ने धर्म बहादुर नेपालीको घर नजिकैको खरबारी डढाउनेक्रममा आगोको झिल्कोबाट उनको घरमा आगलागी हुँदा ढुङामाटोले बनेको तीन तले घर, घरभित्र रहेको सम्पूर्ण सामानहरु जलेर अन्दाजी ११ लाख ६८ हजार बराबरको क्षती भएको छ भने उनका छिमेकी अजिमाया भेटवालको घर तथा पसल जलेर ६ लाख ७६ हजार बराबरको क्षती भएको अनुमान गरिएको प्रहरीले बताएको छ ।

दिउँसो २ बजेतिर लागेको आगो स्थानीयवासी तथा प्रहरी चौकी सम्दुबाट खटिएका प्रहरी टोलीको सहयोगमा राती ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

त्यसैगरी आगलागीबाट संखवासभाको सभापोखरी गाविस ७ बस्ने कर्ण बहादुर राईको टिनले बनेको तिन तले घर, घरभित्र राखिएको नगद १२ लाख पचास हजार, आठ तोला सुन, १६ मन अलैची तथा अन्य सम्पुर्ण मालसामानहरु जल्दा अन्दाजी ४६ लाख ८० हजार बराबरको क्षती भएको बताईएको छ ।

राईको घरमा बिहान ८ बजे सोलार प्यानल सर्ट भई आगलागी भएको थियो । आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment