Comments Add Comment

बिहेपछि फिल्मवाट टाढा भईन् ऋचा

richa marrige

‘नाई नभन्नु ल’ सिरिज अन्तर्गत चौथो श्रृङ्खलाले काठमाडौंमा धुम मच्चाई रहँदा यस श्रृङ्खलाकी पहिलो नायिका ऋचा सिंह ठकुरीले आजसम्म फिल्म हेरेकी छैनन् ।

‘म त अहिले चितवनमा छु । फिल्म हेर्न भ्याएको छैन । काठमाडौ आएपछि हेर्छु ।’ अनलाइनखबरसँग कुरा गर्दै ऋचाले भनिन् ।

तर, फिल्मको वारेमा निकै चासो राख्ने गरेकी छिन् । पहिलो श्रृङ्खलामा आफूले अभिनय गरेकाले हरेक सिरिजमा आफैँले अभिनय गरे जस्तो लाग्छ उनलाई । फिल्म हेर्न नपाएपनि फिल्मको विषयमा निर्देशक विकास आचार्यसंग कुरा गरिरहन्छिन् ।

‘मलाई विकास दाई आफैंले फोन गरेर भन्नु हुन्छ नानु आज यस्तो भयो नि ।’ उनी फिल्मले कति कमायो । कँहा कस्तो ब्यापार गर्‍यो लगायतका विषयमा भने अपडेट छिन् ।

विवाहपछि फिल्मवाट टाढा

कुनै समयकी ब्यस्त नायिकाको रुपमा चिनिन्थिन् ऋचा ।  डेढ दर्जन बढी फिल्ममा अभिनय गरेपनि अहिले उनी गुमनाम जस्तै छिन् । ‘हो विवाह गरेपछि मैले अभिनय गरेको छैन । घर परिवारसँग रमाउदै छु ।’ उनले भनिन् ।

अभिनयमा सक्रिय हुँदा घर परिवारका सदस्यसंग टाढिएकाले पनि परिवारकै सदस्यसंग बस्न मन थियो उनलाई । विवाहपछि त श्रीमानका नातेदारसंग समेत जोडिने भएकाले अझै धेरै समय आवश्यकता महसुस् गरिन् । फिल्मलाई चटक्कै छाडिदिईन् ।

विवाह गर्नु केही अघि मोबाईल नम्बर परिवर्तन गरेकी ऋचाले धेरैलाई नयाँ नम्बर दिएकै छैनन् । त्यसकारण पनि फिल्म उद्योगसंग उनको सम्बन्ध बिच्छेद भएको छ ।

विवाहपछि पनि उनी श्रीमानसँग रमाउन भने पाएकी छैनन् । उनको श्रीमान अष्टे्रलियामा बस्छन् भने उनी माइतीघर चितवनमा ।

विवाह  लगत्तै उनका श्रीमानले उनलाई पनि अष्ट्रेलिया जाऔ नभनेका होईनन् । तर, उनी मान्दिनन् । ‘मलाई विदेश पटक्कै मन पर्दैन म त यहि बस्छु ।’ उनले श्रीमानसँग पनि यहि शब्द दोहोर्‍याउने गरेकी छिन् । सकेसम्म श्रीमानलाई नेपालमै बोलाउने योजना छ उनको ।

फिल्म हेर्दै सपिङ

अहिले उनको खास काम छैन । नारायणघाट बजारमा सपिङ गरेर समय बिताउछु भन्ने ऋचाले हेर्न मन लागेको तर, हेर्न नपाएको फिल्म हेर्ने गरेकी छिन् । ‘कति फिल्म हेर्न मन लागेर पनि हेर्न पाएको थिईन् । अहिले त्यहि फिल्म हेर्दैछु ।’ उनले भनिन् ।

अंग्रेजी, हिन्दी र केही नेपाली फिल्म जम्मा पारेकी ऋचा फुर्सदमा ति फिल्म हेर्छिन् । आफ्नै फिल्म दुई पटक भन्दा बढी हेर्ने गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment