Comments Add Comment

अख्तियारको हिरासतमा रहेका दीक्षित अस्पताल भर्ना

Kanak-Mani-Dixit,-Arrest

११ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका वरिष्ठ पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई वीर अस्पताल भर्ना गरिएको छ ।

उच्च रत्तचापका विरामी दीक्षितको छाती र मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार विहान वीर अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएको थियो । उपचारका क्रममा दीक्षितलाई उनकी पत्नी शान्ता दीक्षितसँग भेट्न दिइएको छ ।

वरिष्ठ पत्रकार एवं साझा यातायातका अध्यक्ष दीक्षितलाई अख्तियारले शुक्रबार पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment