Comments Add Comment

१० वर्षे प्रतिवन्ध नहटेपछि गणेश थापाले भने- अब अदालत जान्छु

Ganesh-Thapa

११ वैशाख, काठमाडौं । प्रतिवन्धविरुद्धको अपील फिफाले अस्वीकार गरेपछि गणेश थापा अदालत जाने भएका छन् ।

थापाले आफ्नो १० वर्षे प्रतिवन्धविरुद्ध थापाले गरेको अपिल फिफाको अपिल कमिटीले अस्वीकार गरेको थियो ।

थापाले अब आफू अदालत जाने बताएका छन् । शनिबार साँझ विज्ञप्ति जारी गर्दै थापाले कोर्ट अफ अर्बिटेशन फर स्पोटर्स जाने बताएका छन् ।

आफूले अपिल कमिटीको पत्र शुक्रबार पाएको भन्दै थापाले भनेका छन्, ‘त्यो निर्णय साच्चै निराशाजनक छ ।’

भ्रष्टाचारको आरोपमा फिफाले गत कात्तिक २९ मा एन्फाका तत्कालीन अध्यक्ष थापामाथि फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरी १० वर्षको प्रतिवन्ध लगाएको थियो । साथै झण्डै २१ लाख जरिवाना गरेको थियो ।

फिफाको प्रतिवन्धपछि एन्फाबाट बाहिरिएका थापाले त्यसविरुद्ध अपिल गरेका थिए । थापाको अपिल खारेज गरिएको फिफाको वेबसाइटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment