Comments Add Comment

पञ्जाबमाथि सनराइजर्स हैदरबादको सहज जित

Sunrisers Hyderabad captain David Warner celebrates his fifty during match 18 of the Vivo IPL 2016 (Indian Premier League ) between the Sunrisers Hyderabad and the Kings XI Punjab held at the Rajiv Gandhi Intl. Cricket Stadium, Hyderabad on the 23rd April 2016 Photo by Ron Gaunt / IPL/ SPORTZPICS

१२ वैशाख, काठमाडौं । मुस्ताफिजुर रहमान र डेभिड वार्नरको शानदार प्रदर्शनको मदतमासनराइजर्स हैदरबादले इण्डियन पि्रमियर लिगक्रिकेट आईपीएलमा किङ्ग्स इलाभेन पञ्जाबमाथि५ विकेटको सहज जित हात पारेको छ ।

पञ्जाबले प्रस्तुत गरेको १४४ रनको लक्ष्य सनराइजर्सले १७.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । सनराइजर्सको सुरुवात निकै राम्रो रहृयो । ओपनर डेभिड वार्नर र शिखर धवनले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे ।

वार्नर ३१ बलमा ७ चौका र ३ छक्काको मदतमा ५९ रन बनाएर आउट भए । धवनले ४५ रनको योगदान दिए भने इयान मार्गानले २५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएको थियो । उसका लागि शोन मार्सले ४० रनज बनए भने अक्षर पटेलले ३६ रन जोडे  ।

सनराइजर्सका मुस्ताफिजुर रहमानले ४ ओभरमा एक मेडन राख्दै मात्र ९ रन दिएर २ विकेट लिए ।

जितसँगै ५ खेललबाट ६ अंक जोडेको सनराइजर्स तेस्रो स्थानमा छ । एक खेल मात्र जितेको पञ्जाब २ अंकसहित पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment