Comments Add Comment

मिटरबक्स नपाउँदा सेवाग्राही समस्यामा

metere-box
१२ वैशाख, नवलपरासी। नवलपरासीमा नेपाल विद्युत् प्राधिकरणबाट सेवाग्राहीले समयमै मिटरबक्स नपाउँदा सेवाग्राही समस्यामा परेका छन् ।

जिल्लाका विभिन्न शाखामार्फत नेपाल विद्युत् प्राधिकरणमा नयाँ मिटरबक्स जडानका लागि निवेदन दिएकाहरूले मिटरबक्स कहिले पाइन्छ भन्ने टुङ्गो नहुँदा सेवाग्राही समस्यामा परेका हुन् ।

सेवाग्राहीले नेपाल विद्युत् प्राधिकरणका विभिन्न शाखाबाट नयाँ मिटरबक्स जडानका लागि निवेदन दिए पनि समयमै मिटरबक्स नपाउँदा आफूहरू निकै मर्कामा परेका सेवाग्राहीको गुनासो छ ।

यो समस्या नवलपरासीको गैँडाकोटसहित अन्य क्षेत्र कावासोती, सुनवल र सदरमुकाम परासीमा छ । विद्युत् जडानका लागि मिटरबक्स नपाएका उपभोक्ता आफैं समस्यामा त छन् नै , मिटरबक्स समयमै वितरण नगर्दा सरकारले नै चलाएको विद्युत् चोरी नियन्त्रण अभियान पनि हास्यास्पद भएको छ ।

यसबारे नेपाल विद्युत् प्राधिकरणले भने क्रमशः उपलब्धताका आधारमा मिटरबक्स सेवाग्राहीलाई प्रदान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment