Comments Add Comment

फोटोकथा: कहिले उठ्लान् आफ्नै उचाइमा नेपाली सम्पदाहरू ?

Nepal World Heritage sites, one year after devastating earthquake (9)
भूकम्पबाट क्षतिग्रस्त बौद्धको पुनर्निर्माण गरिँदै

१२ वैशाख, काठमाडौं । विनाशकारी ‘गोरखा भूकम्प’ को एक वर्ष बित्यो । गत वर्षको वैशाख १२ गतेको भूकम्पले काठमाडौंको पहिचान बनेको धरहरादेखि काष्ठमण्डप तथा महत्पूर्ण बसन्तपुर, हनुमानढोका, भक्तपुर, पाटन लगायतका दरबार क्षेत्रका धेरै अमूल्य सम्पदा क्षतिग्रस्त भए ।

भत्किएका धेरै सम्पदाहरु अहिले अस्तिवमै छैनन् । भएकाहरु पनि काठ र फलामको टेकामा अडिएका छन् । पर्यटकीय हिसावले समेत महत्वपूर्ण सम्पदाहरुले भूकम्पको एक वर्षसम्म पनि कुनै प्रकारले स्वरुप फेर्न सकेका छैनन् ।

सर्वसाधारण जनताको निजी आवास पुनर्निर्माण समेत सुरु हुन नसकेको समयमा पुरातात्विक सम्पदाहरुले कहिले आफ्नो पुरानो स्वरुप पाउने हुन् भन्ने चिन्ताको विषय बनेको छ ।

Nepal World Heritage sites, one year after devastating earthquake (12)
क्षतिग्रस्त बसन्तपुर दरबार क्षेत्र

यसको जिम्मा लिएको पुरातत्व विभागले विभिन्न सम्पदाको पुनर्निर्माण यसै वर्ष सुरु गर्ने भने पनि अधिकांश सम्पदा बितेको वैशाख १२ को मध्यान्हपछिकै स्वरुपमा छन् ।

विभिन्न विदेशी सरकार संघ संस्थालाई सम्पदाहरुको पुनर्निर्माण जिम्मा दिइए पनि काम भने अघि बढेको छैन । धरहरा फेरि उठेको, काष्ठमण्डप चिटिक्क सिँगारिएको र सम्पदाले सहाराविनै आफ्नै खुट्टा टेकेको हेर्न सबै लालायित छन् । राष्ट्रको गहना र नेपालीको पहिचानका बनेका यी सम्पदालाई कहिले वास्तविक स्वरुपमा फर्केको हेर्न पाइएला ?

Nepal World Heritage sites, one year after devastating earthquake (1)
टेकाको भरः हनुमानढोका दरबार क्षेत्रका सम्पदा
Nepal World Heritage sites, one year after devastating earthquake (11)
उजाडिएको काष्ठमण्डप स्थल । यसको पुनर्निर्माण जिम्मा काठमाडौं महानगरपालिकाले लिएको छ ।
Nepal World Heritage sites, one year after devastating earthquake (2)
आशाः पुनर्निर्माण हुँदै गरेका पाटन दरबार क्षेत्रका मन्दिर
Nepal World Heritage sites, one year after devastating earthquake (3)
पाटन दरबार क्षेत्रका सम्पदाको ताजा तस्वीर
Nepal World Heritage sites, one year after devastating earthquake (4)
भक्तपुर दरबार क्षेत्रका सम्पदा, जो टेकाको साहारामा मात्रै उभिन सकेका छन् ।
Nepal World Heritage sites, one year after devastating earthquake (5)
भक्तपुरको पुरातात्विक सम्पदा
Nepal World Heritage sites, one year after devastating earthquake (6)
कति दिन थेग्ला ! अपाङ्गता भएजस्तो स्वरुपमा रहेको भक्तपुरका सम्पदा ।
Nepal World Heritage sites, one year after devastating earthquake (7)
न्यातपोल मन्दिर आसपासको भूकम्पग्रस्त क्षेत्र
Nepal World Heritage sites, one year after devastating earthquake (8)
भगवानको यो हाल ! मन्दिर भत्किएपछिको अवस्था ।
Nepal World Heritage sites, one year after devastating earthquake (10)
स्वयम्भुको ताजा तस्वीर, यसमा पनि भूकम्पले क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment