Comments Add Comment

सत्यराजले गाएः सोझी भन्दा जाली मन पर्‍यो

Satya raj

काठमाडौं । गायक सत्यराज आचार्य आफ्नै स्वर, संगीत र रचनामा गजल संग्रह लिएका आएका छन् । ‘मधुशाला’ नाम दिइएको एल्बममा कुल ८ वटा गजल रहेको छ ।

गजल संग्रहमा रहेको ‘गोरीभन्दा मलाई त काली मन पर्‍यो, अलि सोझी अलिअलि जाली मन पर्‍यो …गजलको भिडियो बनाएका छन् ।

जुन गीतलाई उनले आफ्नो चौथो बैबाहिक वर्षगाँठको अवसरमा सोमवार सार्वजनिक गरे ।

‘यो गजल मैले मेरी श्रीमति अनितालाई डेडिकेटेड गरेर तयार पारेको हुँ । त्यसकारण म्यारिज एनिभर्सरी गिफ्टको रुपमा आजै सार्वजनिक गरें ।’ सत्यराजले भने ।

गजलको भिडीयोमा सत्य संगै श्रीमति अनिताले पनि अभिनय गरेककी छिन् । त्यसो त आफुले गाएको गीतमा सत्यराज प्राय आफैं अभिनय गर्छन् । श्रीमतिलाई अभिनय गराएको यो पहिलो हो । ‘श्रीमतिप्रति समर्पित गीत भएकाले उनलाई अभिनय गराँए ।’ उनले भनिन् ।

चलचित्र ‘आचार्य’ मा नायक बनेका सत्यराजले अभिनयवाट राम्रै तारिफ पाएका थिए । किरण कँणेलको संगीत संयोजन रहेको सिंगो एल्बम आगामी जेठमा रिलिज हुने विन्ध्यवासिनी म्युजिकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment