Comments Add Comment

भूकम्पबाट जोखिममा परेका वस्ती सार्न विज्ञ समूह गठन

१६ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण वा पुनर्वास सम्बन्धमा अध्ययन गर्न विज्ञ समूह गठन गरेको छ ।

Punarnirman-Pradhikaranप्राधिकरणको निर्देशक समितिका सदस्य डा.तारानिधि भट्टराईको संयोजकत्वमा निर्देशक समिति बनेको हो ।

समूहमा किशोर थापासहित खानी तथा भूगर्भ विभाग, भू तथा जलाधार संरक्षण विभाग, शहरी विकास मन्त्रालयको केन्दि्रय आयोजना कार्यान्वयन इकाई, नापी विभाग र जल उत्पन्न प्रकोप नियन्त्रण विभागबाट तोकिएका विशेषज्ञ प्रतिनिधि सदस्य रहने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

समितिलाई जोखिमुक्त भएर सार्नुपर्ने वस्तीका भूबनोट विषयमा प्राधिकरणलाई आवश्यक सल्लाह, सुझाव र सिफारिस गर्न जिम्मेवारी दिइएको छ ।

आगामी मनसुन अगाडी नै समितिले फिल्ड निरीक्षण तथा अध्ययनका लागि आवश्यक टिमको संरचना, जनशक्ति, आर्थिक विवरण तथा अध्ययन प्रकृया र विधिका विषयमा प्राधिकरणमा प्रस्ताव पेश गर्न खानी तथा भूगर्ग विभागलाई जिम्मेवारी दिइएको थपलियाले बताए ।

यसैगरी प्राधिकरणले प्राधिकरणले अनुदान सम्झौता भएका आठ जिल्लाका आठवटा गाविसमा प्रथम किस्ता रकम उपलब्ध गराउन स्थानीय विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।

प्राधिकरणले बैंक र सम्बन्धित जिविसलाई सम्झौता गर्न र सम्झौता गरिसकेका परिवारलाई प्रथम किस्ताको रकम उपलब्ध गराउन अनुरोध गरेको हो ।

गोरखाको हंसपुर, धादिङ मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेको रविओपी, रसुवाको बि्रदिम, रामेछापाको ओख्रेनी, सिन्धुलीको झागाझोली र ओखलढुंगाको रुम्झाटार गाविसमा अनुदान सम्झौता भएका घरधनीलाई प्रथम किस्ताको रकम उपलब्ध गराउन रकम निकासा भइसेकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment