
७ चैत, काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा करिब ७ अंकको गिरावट आएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ८६ अंकले घटेर १ हजार १ सय ४० दशमलव ६० को आइपुगेको हो ।
यस अघि मंगलबार भएको कारोबारमा पनि परिसूचक ओरालो लागेको थियो बुधबार भने होलि पर्वका बारण सेयर कारोबार बन्द भएन ।
बिहीबार दिनभर भएका ४ हजार ६ सय ४७ कारोबारबाट विभिन्न कम्पनीका ९ लाख ७४ हजार ७२६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २७ करोड २४ लाख ९४ हजार रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार रकमका आधारमा मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको पहिलो नम्बरमा देखिएको छ । नेपाल लाइफको बिहीबार २ करोड ४ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर किनबेभ भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4