Comments Add Comment

अरबौँ डलर ङाटामा गएको एप्पलले अब के गर्ला ?

apple

पछिल्लो १३ वर्षमा पहिलोपटक एप्पलको बिक्रीमा गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष एप्पलका उत्पादनको बिक्रिमा ८ अर्ब डलरले कमी आयो र यसको शेयर मूल्यमा पछिल्लो १२ महिनामा २० प्रतिशत सम्मले गिरावट भयो ।
यस्तो अवस्थामा अरबौँ डलरको एप्पलको व्यवसायको आगामी दिशा के होला ?

मोबाइल तथा वायरलेस क्षेत्रका कम्पनीहरुको बजार सूचना, विश्लेषण तथा अन्य जानकारीहरु उपलब्ध गराउने कम्पनी सिसिएस इनसाइटका बेन उडका अनुसार अब एप्पल कम्पनी भर्चुअल रियालिटी प्रविधितर्फ अघि बढ्न सक्दछ ।

एप्पलका सिइओ टिम कुकले यसलाई भारी सम्भावनायुक्त क्षेत्र बनाइसकेका छन् । यसका साथै एप्पलले बहुचर्चित एप्पल कारमा पनि ध्यान केन्द्रित गर्न सक्दछ जो प्रविधि क्षेत्रको दिग्गज एप्पलका लागि ठूलो सम्भावनाको परियोजना हो ।

उडका अनुसार एप्पलले अब भारतीय बजारमा पनि धेरै ध्यान दिनसक्छ ।

उनी भन्छन्- यद्यपि एप्पलका लागि भारतमा आफ्नो पूरै मूल्यमा आइफोन बेच्नु एक ठूलो चुनौति हुनसक्छ तर भारतको ठूलो जनसंख्या तथा त्यसको स्मार्टफोन खरीद गर्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन ।

इन्स्च्युिट अफ इनभारोमेन्टल म्यानेजमेन्ट एण्ड एसेसमेन्ट संस्थाका प्रमुख नीति सल्लाहकार मार्टिन ब्याक्सटरका अनुसार कार निर्माण गर्नेतर्फ एप्पलले जुन कदम अघि बढाएको छ त्यो निकै सम्भावनायुक्त छ । तर यो जरुरी छैन की त्यो स्वचालित कार नै हुनुपर्छ भन्ने ।

नाइट टू फाइभ म्याक अनलाइनका सम्पादक क्याम बन्टनका अनुसार एप्पलले यस्तो प्रडक्ट ल्याउनुर्प जसले बजारलाई बदल्न सक्छ ।

उनी भन्छन्- प्रविधिमा रुची राख्ने कारणले गर्दा म भन्न सक्छु की एप्पल निकै दिक्कलाग्दो छ । उसले वर्षमा एक वा दुइपटक बजारमा प्रडक्ट उतार्दछ र नयाँ भनिएका प्रडक्ट पनि पूरानै जस्ता हुन्छन् । यद्यपि यो राम्रो रणनीति बन्दै आएको छ र कम्पनीले निकै पैसा कमाउने गरेको छ ।

उनका अनुसार निकै गुपचुप ढंगले काम गर्ने एप्पलमा केही खुलापन पनि आउनु आवश्यक छ । उनी भन्छन्- एप्पल अलिक खुलोस् भन्ने चाहन्छु । उसले यस्तो दाबी बन्द गरोस् की प्रविधिको विकाश गर्नु कुनै जादुगरी हो र उसले जस्तो अरु कसैले गरिरहेको छैन ।

उनका अनुसार एप्पलले रहस्यको रोमान्च पैदा गर्दछ र जब कुनै उत्पादन बजारमा ल्याउँदछ त्यो एकदमै नयाँ जस्तो लाग्दछ ।

प्रविधि क्षेत्रका विशेषज्ञ ग्राहम सेडोनलाई भने अब आइफोनको अन्त्यको समय सुरु भैसकेको भन्ने लागेको छ । उनी भन्छन्- सबैभन्दा राम्रो उत्पादन, सबैभन्दा उत्कृष्ट ब्राण्डको पनि एक समय हुन्छ र त्यसपछि त्यो सकिन्छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment