२३ वैशाख, भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बालकृष्ण खाँडले यो सरकारले राष्ट्रिय सहमतिको सरकार निर्माणमा अवरोध गरे एमालेको राजनीतिक छवी समाप्त हुने दाबी गरेका छन् ।
रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षत्कारमा उनले वर्तमान सरकारका प्रमुखले राजनीतिक मर्यादालाई भुलेर निर्वाचनको बाटो अंगाले शाही शासनकालमा राजाले स्थानीय निकायको निर्वाचन गरेको जस्तो हुने टिप्पणी गरे । यसो गरेमा एमालेको राजनीतिक छवी सकिने खाँणको दाबी छ ।
वर्तमान सरकारले आर्थिक, सामाजिक, राजनीतिक, संविधान कार्यान्वयन, पुनर्निर्माण, अन्तर्राष्ट्रिय सम्बन्धलगायत क्षेत्रमा कुनै काम गर्न नसकेकाले अब कांग्रेसको अग्रसरतामा एमाओवादी, मधेसवादीलगायत दललाई समेटेर बजेट प्रस्तुत अगावै नयाँ राष्ट्रिय सरकार गठन हुने बताए ।