Comments Add Comment

चोभारको इण्डियन स्कुलका पूर्व शिक्षक आगजनीको आरोपमा पक्राउ

२६ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ मोओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले चोभारमा रहेको मोर्डन इण्डियन स्कुलको तीनवटा बसमा आगलागी गरेको घटनामा संग्लग्न रहेको आरोपमा प्रहरीले सोही स्कुलका शिक्षक अमृत भट्टलाई पक्राउ गरेको छ ।

विप्लव माओवादी समर्थित बिद्यार्थी संगठनले शुक्रबार स्कुलको तीनवटा बसमा चोभारमै आगजनी गरेका थिए । आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

आगजनीको आरोपमा प्रहरीले त्यही स्कुलका पूर्व शिक्षक अमृत भट्टलाई पक्राउ गरेको छ । भट्ट यसअघि सोही स्कुलबाट नियमित तलव सुविधा र समानताको माग गर्दै आवाज उठाएपछि बर्खास्तीमा परेका शिक्षक हुन । उनी आफुजस्तै ७५ जना शिक्षकहरुको संघर्ष समितिका सदस्य हुन् । विप्लव माओवादीले उनी आफ्नो पार्टीको कार्यकर्ता भने नभएको प्रष्ट पारेको छ ।

विप्लव माओवादीले शिक्षकहरुको पुनर्वहाली नगरेको, शिक्षा ऐनको पालना नगरेको, भारतीय पाठ्यक्रममा पढाइ भएको तथा ९० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै स्कुलका तीन बसमा आगजनी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment