Comments Add Comment

‘जीरे खुर्सानी’का विनोदको ढाड भाँचियो

binodविभिन्न चलचित्र एवं टेलिचलचित्र मार्फत दर्शकलाई हँसाउदै आएका कलाकार विनोद केसी गम्भिर घाइते भएका छन् । आफ्नै घरमा शौचालय जाने क्रममा लडेका केसीको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ ।

सुगरका कारण केसी शौचालय जाने क्रममा बेहोस भएर ढलेका थिए भने केहि समयपछि मात्रै परिवारका सदस्यले थाह पाएका थिए ।

केसीको सोमबार  ग्राण्डी अस्पतालमा स्पाइनल सर्जन डा. विनोद बिजुक्छेको नेतृत्वमा ढाडको अप्रेसन गरिएको हाे ।  ढाडको हड्डी फुटेकाले  ढाडको नशा च्यापिएको उपचारमा संलग्न डा. बिजुक्छेले बताए ।

टेलिचलचित्र ‘जीरे खुर्सानी’ लगायत विभिन्न श्रृङ्खलामा उनले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment