Comments Add Comment

म्याग्दीमा जिप दुर्घटना, पाँचको मृत्यु

accident२७ वैशाख, काठमाडौं । म्याग्दीमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अर्का पाँच जना घाइते भएका छन् ।

दरजाङबाट निस्कोट जाँदै गरेको ग १ ज ५१०६ नम्बरको जिप जिल्लाको निस्कोट-४ कोदालीवाङको भलाबिसौनाको भिरबाट खसेर  दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालकसहित पाँच जनाको मृत्यु भएको छ । तर, मृतकको सनाखत हुन सकेको छैन ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिँदैछ । प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार घाइते हुनेमा तीन जना महिला र दुई जना पुरुष छन् ।

घटनास्थलको प्रकृति हेर्दा घुम्तीमा जिप घुमाउन नसकेर पछाडितिर करिब १०० मिटर तल खसेको घटनास्थलमा रहेका स्थानीय बासिन्दा घनबहादुर पुनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment