+
+
Shares

तीन महिनामा ८० प्रतिशत प्रगति भयोः रोजगारमन्त्री बोहोरा

फ्री भिसा नमान्ने म्यानपावरलाई कारवाही गरेको दावी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २९ गते १७:५२

deepak-bohora
२९ वैशाख, काठमाडौं । श्रम तथा रोजगारमन्त्री दीपक बोहोराले आफूले बनाएको कार्ययोजनामा ८० प्रतिशत उपलब्धी हात परेको दावी गरेका छन् ।  बुधबार सिहंदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले ३ महिना अघि सार्वजनिक गरेको योजनाको प्रगतिमा आफूले विशिष्ट श्रेणि ल्याएको दावी गरे ।

‘तर, म यतिमा सन्तुष्ट छैन । मलाई सय प्रतिशत काम गर्नु थियो’ उनले भने-‘अझै मैले गर्नुपर्ने धेरै काम छन् । म लागिरहेको छु ।’

उनले फ्री भिसा र टिकटको निर्णय कुनै हालतमा फिर्ता नलिने दोहोर्‍याउँदै यसको कार्यान्वयनका विषयमा मन्त्रालयले अनुगमन बढाएको दावी गरे ।

‘अनुगमन र कारवही भएन भन्नेहरुलाई मेरो प्रश्न छ । १८ वटा म्यामनपारलाई कसले कारवाही गर्‍यो ?’ उनले भने-‘वैदेशिक रोजगारीमा रहेका समस्या हल गर्न म र मेरो मन्त्रालय प्रतिवद्ध छ ।’

उनले घरेलु महिलाका लागि विदेश जान फेरि खुला गर्न लागिएको जानकारी दिए । उनले  कसैको दबावमा परेर यो कदम चाल्न लागिएको भन्ने सत्य नभएको भन्दै नेपाली महिलालाई अवैध रुपमा भारत, श्रीलंका लगायतका मुलुकबाट घरेलु काममा खाडी पुर्‍याएको भेटिएकाले यो कदम चाल्न लागिएको बताए ।

पत्रकार सम्मेलनमा यसअघि सार्वजनिक भएको ३० बुँदे प्रतिवद्धतामा भएको प्रगति बुँदागत रुपमै सार्वजनिक गरियो ।

सीपमुलक तालिम सञ्चालन गर्न संस्थाहरु सूचीकृत गरेको, विदेश जाने कामदारको बीमा रकम बढाएर १० लाख पुर्‍याइएको, सार्क क्षेत्रमा कामदारको हितका विषयमा समान धारणा बनाउन सकिएको, वैदेशिक रोजगार ऐन संशोधनको तयारी थालिएको लगायतका प्रगति मन्त्री बोहोराले सार्वजनिक गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?