Comments Add Comment

भागबन्डा नमिल्दा राप्रपा र राप्रपा नेपाल एकता अड्कियो

kamal thapa३० वैशाख, काठमाडौं । राप्रपा नेपाल र राप्रपाबीचको एकता प्रक्रिया अध्यक्ष पदको विवादले अड्किएको छ ।

एकीकृत राप्रपाको कार्यकारी अध्यक्षमा राप्रपा नेपालले दाबी गरेपछि एकीकरण प्रक्रियामा उल्झन आएको आजको नयाँ पत्रिका देनिकमा समाचार छ ।

जेठ महिनाभित्र पार्टी एकीकरण गरिसक्ने भन्दै दूई पार्टीका नेता सम्मिलित कार्यदलमा छलफल भइरहेको छ । तर, छलफल गम्भीरतापूर्वक हुन नसकेको नेताहरुको भनाई छ ।

राप्रपाबाट बुद्धिमान तमाङ र राप्रपा नेपालबाट राजीब पराजुलीको नेतृत्वमा चार चार सदस्यीय कार्यदल गठन भएको छ । कार्यदल तहमा एकीकरण तलफल चने पनि अध्यक्ष स्तरमा भने लामो समयदेखि तलफल हुन सकेको छैन । राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्ष गरी दुईवटा पद सिर्जना गर्ने कमल थापाको प्रस्तावमाथि सामान्य छलफल भइरहेको छ ।

सो प्रस्तावमा राप्रपा नेपालले कमल थापालाई कार्यकारी अध्यक्ष र लोकेन्द्रबहादुर चन्दलाई राष्ट्रिय अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

यो अवस्थामा पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई वरिष्ठ नेता मानने प्रस्ताव छ । तर, चन्द नेतृत्वको राप्रपा भने कार्यकारी अध्यक्ष थापालाई बनजाउने पक्षमा छैन ।

अध्यक्ष एकजना मात्रै हुनुपर्ने र त्यो पद राप्रपाले पाउनुपर्ने दाबी उसको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment