Comments Add Comment

कपिलवस्तुमा भएको सडक दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा क्षतिग्रस्त भएको मोटरसाइकल
दुर्घटनामा क्षतिग्रस्त भएको मोटरसाइकल

३० वैशाख, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-३ खरेन्द्रपुरको छाला फ्याक्ट्री नजिक सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो पूर्व-पश्चिम राजमार्ग अन्तरगत खरेन्द्रपुरमा लु १ ख ७६८९ नम्बरको ट्रक र रा २ प ४५९४ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको हो ।

घटनामा मोटरसाइकल चालक सन्तपुर डाकाहिया निवासी २५  वर्षीय हरिचन्द्र खटिकको मृत्यु भएको र मोटरसाइकलमै सवार सहदेव चौरासियाको अवस्था गम्भिर रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

घाइते चौरासियाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनकारी दिएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment