Comments Add Comment

शरदकुमार गिरी नेपाली सेनाको उपरथीमा बढुवा

Army-Chief

२ जेठ, काठमाडौं । नेपाली सेनाका सहयक रथी शरदकुमार गिरी उपरथीमा बढुवा भएका छन् ।

आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले गिरीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

गत बिहीबार बसेको मन्त्रीपरिषद बैठकले गिरीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदकै निर्णय अनुसार उनले उपत्यका पृतना प्रमुखको रुपमा जिम्मेबारी संहाल्नेछन् ।

त्यस्तै आजै आयोजित कार्यक्रममा मन्त्रीपरिषदको निर्णयबाट बढुवामा परेका महासेनानीहरु ताराध्वज पाण्डे, विनोद पाण्डे, निरञ्जन कुमार श्रेष्ठ र अशोक सिग्देललाई सहायक रथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment