Comments Add Comment

एकता गर्न नभ्याउँदै बादललाई मिठाइ खुवाए प्रचण्डले

prachanda-and-badal
२ जेठ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी र एमाओवादीबीच औपचारिक एकता हुन नै बाँकी छ । तर एमाओवादी अध्यक्ष प्रचण्डले बादललाई लड्डु खुवाएर खुशी बाँडिसकेका छन् ।

प्रचण्डले बादल लगायत नेताहरुलाई लड्डु बाँडेको तस्बिर उनका पुत्र प्रकाश दाहालले फेसबुकमा सेयर गरेका छन् । तस्बिरमा नेत्री पम्फा भुषाल र -नेकपा क्रान्तिकारी)का महासचिव मणि थापा पनि देखिन्छिन् । सबैजना प्रशन्न मुद्रामा छन् ।

तस्बिर पोस्ट गर्दै प्रकाशले फेसबुकमा लेखेका छन्, ‘एकताले अन्तिम रुप लिएपश्चात यसको खुशीमा मिठाइ साटासाट गर्दै ।’
यही जेठ ६ गते दिउँसो दुई बजे भृकुटीमण्डपमा चार माओवादी पार्टीबीच एकताको घोषणासभा हुँदैछ ।

एकीकृत नेकपा माओवादी, पुनर्गठित नेकपा क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा -माओवादी) र विप्लव माओवादीका केहि नेताहरुबीच एकता हुन लागेको हो । यी दलहरुबीच एकताको विषयमा शनिबार १३ बुँदे साझा सहमतिमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment