३ जेठ, काठमाडौं । संघीय गठबन्धनद्वारा आयोजित सिंहदरवार घेराउ सोमबार पनि जारी छ । घेराउमा कार्यकर्ताहरुको उपस्थिति अघिल्लो दिनभन्दा पातलो देखिएको छ ।
माइतिघर मण्डला र अनामनगरस्थित भाटभटेनी अगाडि आज पनि गठबन्धनका नेता कार्यकर्ताले धर्ना दिन सुरु गरिसकेका छन् । अनामनगर क्षेत्रमा आइतबारको तुलनामा गठबन्धनका कार्यकर्ता कम देखिएका छन् । तर गठबन्धनको आन्दोलनकै कारण काठमाडौंमा सवारी व्यवस्था भने सामेबार पनि प्रभावित भएको छ ।
ट्राफिक महाशाखाको अनुसार सोमबार पनि माइतिघर मण्डला भएर चल्ने सवारी सधानलाई अन्यत्रबाट डाइभर्सन गरिएको छ । कोटेश्वरबाट आउने साना सवारी साधनलाई बबरमहलबाट बायाँको सानो बाटोबाट थापाथली हुँदै त्रिपुरेश्वर र रत्तपार्क जाने व्यवस्था मिलाइएको ट्राफिक महाशाखाले जनाएको छ ।
पद्मोदय मोडबाट माइतिघर हुँदै चल्ने सावरी साधन पनि अनामनगरस्थित बांसघारी हुँदै जानु पर्ने हुन्छ ।
सोमबार आइतबारको तुलानामा प्रदर्शनकारी पनि कम भएकोले सवारी सधानलाई सकेसम्म धेरै विकल्प दिएर डाइभर्सन गरिएको महाशाखाले जनाएको छ ।
तर माइतिघर, हनुमानस्थान हुँदै चल्ने कुनै सवारी साधन जान सक्ने अवस्था नरहेको महाशाखाले जनाएको छ । आन्दोलनकै कारण कालिमाटी, त्रिपुरेश्वर, टेकु, नयाँवानेश्वर लगायतका क्षेत्रमा पनि सवारी जाम भएको छ ।
नागढुंगामा कडाई
उता नागढुंगामा पनि उपत्यका प्रवेश गर्ने सवारीसाधन माथि चेकजाँच कडा बनाइएकोले सवारी जाम भएको छ । नागढुंगामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आन्दोलनको बहानामा आपराधीक समूहले प्रवेश गर्ने अनुमान गरेर चेकजाँच कडा बनाएको हो ।
प्रतिक्रिया 4