Comments Add Comment

मधेसी मोर्चालाई काठमाडौं केन्द्रित आन्दोलन धान्न गाह्रो

फेरि मधेस केन्द्रित आन्दोलनमै फर्कने तयारी

federal allience_protest (16)५ जेठ, काठमाडौं । जनजाति पार्टीहरुसँग सहकार्य गरेर सिंहदरबार घेर्न आएको मधेसी मोर्चालाई आफ्नै आन्दोलन धान्न गाह्रो भएको छ ।

दुई दिन सिंहदरबार घेरेको मधेसी मोर्चाले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दियो । तर, सरकारलाई झुकाउने भन्दै सुरु गरेको काठमाडौं केन्द्रित आन्दोलन तीन दिनमै लगभग सकिएको छ ।

बुधबार दिउँसो रत्नपार्कमा हुने कोणसभाबाट नयाँ चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा हुनेछन् । मधेसी मोर्चामा आवद्ध दलका नेताहरुका अनुसार अबको आन्दोलन जिल्लाहरुमा नै केन्द्रित हुनेछ ।

अब मधेसी मोर्चा मधेसमै फर्कनेछ ।

आन्दोलनका कार्यक्रम परिर्वतन गर्नुको कारण बुझ्दा मोर्चामा एक नेता भन्छन्,  धान्न गाह्रो भो ।’

संघीय गठवन्धनमा मधेसी मोर्चा र जनजाति दलहरु छन् । उनीहरु मध्ये कसैको पनि काठमाडौंमा बलियो जनाधार छैन । सिंहदरबार घेर्न भनेर मधेसी मोर्चाले मधेसबाट केही कार्यकर्ता ल्याएका छन् भने केही राजधानीमा भएका समर्थकहरु खटिएका थिए ।

आन्दोलनमा जनजाति दलका केही नेता र समर्थकहरु पनि देखिएका छन् । तर, आन्दोलन जति दिन लम्बियो, त्यति कार्यकर्ता घट्दै जाने अवस्था आयो । एक नेताले भने, राजधानीमा हाम्रा मान्छे छैनन्, बाहिरबाट ल्याएका मान्छेलाई कति दिन पाल्न सकिन्छ र ?’

सिंहदरवार घेराउ र बालुवाटार घेराउमा झण्डै ५ हजार नेता कार्यकर्ता सहभागी भएको गठवन्धनको दाबी छ ।

पहिलो दिन सिंहदरबार घेराउमा ५ हजार नेता कार्यकर्ता जम्मा भएका थिए । तर बालुबाटार पुग्दा २ हजार कार्यकर्ता पुग्न मुस्किल भयो ।

मधेसी मोर्चा सम्बद्ध नेताहरुका अनुसार आन्दोलनमा कार्यकर्ताको घट्दो उपस्थिति हेरेरै आन्दोलनको स्वरुप केही परिवर्तन गरिएको छ ।

बुधबार बिहान बसेको संघीय गठबन्धनको बैठकले १२ दिने आन्दोलनको कार्यक्रम घोषाणा गरेको छ । जसमध्ये १० दिन काठमाडौंमा प्रदर्शन र कोणसभा हुनेछ ।

मोर्चाका एक नेताले भने,’हामी कुनै एक ठाउँमा जम्मा हुन्छौं र कुनै निश्चित विन्दूसम्म प्रदर्शन गछौं त्यसको कार्यक्रम बन्दैछ । दूई दिन भने मधेसका जिल्लाहरुमा प्रदर्शनको कार्यक्रम बनाइएको छ ।

मधेसी मोर्चाका नेताहरु यो पटकको आन्दोलन संख्यात्मक भन्दा गुणात्मक रुपमा महत्वपूर्ण रहेको बताएका छन् । विगतमा मधेसीहरुले मात्र आन्दोलन गर्ने गरेको र त्यसलाई भारतको योजनामा भएको भन्ने गरेको भए पनि यो पटक मधेसीसँगै जानजातिहरु पनि हातेमालो गर्दै सडकमा नारा लगाउन आउन उपलब्धि भएको मोर्चाका नेताहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

गठबन्धनको आन्दोलनः मधेसमा तीन महिना, काठमाडौंमा कति दिन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment