Comments Add Comment

पोखराको डान्सबारमा प्रहरीको छापा, अश्लील क्रियाकलापमा संलग्न जोडी पक्राउ

Dancebar

५ जेठ, पोखरा । पोखराको महेन्द्रपुलमा अवैधरुपमा सञ्चालित डान्सबारमा प्रहरीले छापा मारेर एक दर्जन बढीलाई पक्राउ गरेको छ । प्रहरीले डान्सबारमा अश्लील क्रियाकलाप गरिरहेको एक जोडीसहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।

छड्के अनुगमनको क्रममा महेन्द्रपुलस्थित सोनिक नाइट क्लब एण्ड डान्सबारमा बैदाम प्रहरीले मंगलबार छापा मारेको थियो । सो क्लब अवैधरुपमा सञ्चालन भइरहेको पाइएपछि कार्बाही प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरिक्षक मोहनमणि अधिकारीले बताए ।

छापा मार्दा क्लबमा कार्यरत १८ वर्षीया युवतीलाई ५२ वर्षीय पुरुषले आफ्नो काखमा राखेर अश्लील क्रियाकलाप गरिरहेको प्रहरीले फेला पारेको थियो । उनीहरु सहित बार सञ्चालक आशिष क्षेत्री र १० जना डान्सरलाई समेत पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

सञ्चालक र अश्लील क्रियाकपलापमा संलग्नलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । अन्यलाई भने सम्झाइबुझाई गरी छाडिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति नै नलिई सञ्चालन भएको पाइएकाले सञ्चालकलाई सोहिअनुसार कारबाही प्रक्रिया अघि बढाइएको इन्सपेक्टर अधिकारीले बताए । नृत्य कला भएकाले यसको सम्मान गर्ने तर अश्लीलतालाई अंगालेमा यौन अपराध हुने भएकाले अपराध बढिरहँदा प्रहरी टुलुटुलु हेरेर नबस्ने उनले चेतावनी दिए ।

यसैबीच, पोखरा डान्सबार एशोसियसनका अध्यक्ष लक्ष्मण गुरुङले नियम विपरित सञ्चालित डान्सबारहरुको बचाउमा आफूहरु नलाग्ने स्पष्ट पारेका छन् । उनले सोनिक नाइट क्लब एण्ड डान्सबार दुई महिना अघि मात्र संघमा आबद्ध भएको जनाउँदै प्रहरीले छापा मार्ने क्रममा त्यहाँ देखिएको गतिविधि स्वीकारयोग्य नभएको बताए ।

जिल्ला प्रशासन कार्यालयबाट मात्र अनुमति लिन बाँकी रहेको बताउँदै उनले सम्पूर्ण प्रक्रिया पूरा नगरी सञ्चालन गरेमा आफूहरुले नै त्यस्तालाई कार्वाही गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment