Comments Add Comment

सेञ्चुरी बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

६ जेठ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निष्काशन गर्ने ३० प्रतिशत हकप्रद सेयरको लागि बिक्री प्रबन्धकको जिम्मा सिभिल क्यापिटलले पाएको छ ।
Centure-Bank-New-logo
बैंकले इक्रा रेटिङ्ग नगरी हकप्रद सेयर निष्काशन गर्न सक्ने भएकोले चाँडै नै धितो पत्र बोर्डमा विवरणपत्र दर्ता गर्ने तयारी गरेको छ । धितोपत्र बोर्ड तथा नियमन निकायबाट स्वीकृति प्राप्त भएमा असार मसान्त भित्रमा नै हकप्रद सेयरको लागी आवेदन लिइने बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्तसम्म बैंकले कुल २६ अर्ब १ करोड निक्षेप र २२ अर्ब ८३ करोड कर्जा रिचालन गरेर ३४ करोड ५० लाख रुपैयाँ सञ्चालन मुनाफा र २३ करहोड २४ लाख खुद मुनाफा आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment