Comments Add Comment

प्रथम अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन

International-sahitya-samaj
अमेरिका । डायास्फोरामा रहेर नेपाली साहित्यको संरक्षण र बिकासमा लागेको सबैभन्दा ठुलो साहित्यिक संस्था  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यतिबेला संसारभरी साहित्यिक संजाल बनेर फैलिएको छ | यो संजालको विकासक्रम पछिल्ला दिनहरुमा अझै झागिएको छ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पछिल्ला दिनहरुमा आफ्ना कार्यक्रमहरुलाई निक्कै द्रुत गतिमा अगाडी बढाउदै गर्दा सांगठानिक हिसाबले सस्थालाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने तर्फ पनि ध्यान दिएको पाइन्छ |
आफ्नो स्थापनाको रजत जयन्ति मनाउने तयारी गरिरहदा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले केन्द्रको आयोजना र अनेसास लस एन्जेलस् च्याप्टरको आतिथ्यतामा यही मे २०, २१ र २२, २०१६ मा “प्रथम अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन” क्यालिफोर्नियामा हुने भएको छ । यस कार्यक्रममा संसारभरि छरिएर रहेका ४५ देशका ८५ च्याप्टरका प्रतिनिधिहरुको सहभागिता रहने यस कार्यक्रमका संयोजक तथा लास एन्जेलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकालले जानकारी दिए ।
संस्थाका केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माले यस साहित्यिक सम्मेलन मार्फत च्याप्टरहरु बिचको दुरीलाई कम गर्नुका साथै आपसी सहयोग र अनुभब आदानप्रदान हुने हुनाले डायस्फोरामा रहेर नेपाली साहित्यको बिकासमा लागेका कलमबीरहरुले भोगेका कठिनाईहरुलाई कसरि न्यूनीकरण गर्ने भन्नेमा यसले ठुलो टेवा पुग्ने कुरामा बिश्वस्त रहेको जानकारी दिए | यो सम्मेलनले अझै नेपाली साहित्यलाई बिश्वब्यापीकारण गर्नमा सहयोग पुर्याउने बताउदै सस्थाको सस्थागत बिकास हुनेमा पनि  आशाबादी रहेको समेत जानकारी समेत गराए ।
त्यसै गरि बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्कीले सम्मेलनमा बिश्वका विभिन्न देशहरुबाट आएका सस्थाका प्रतिनिधिहरु संग नेपाली साहित्यमा उनीहरुले पुर्याएको योगदान बारेमा समेत छलफल हुने हुनाले च्याप्टरको महत्वलाइ उजिल्याउने बताए | साथै अस्ट्रेलियाबाट सम्मेलनमा सहभागी हुनुहुने अनेसास पर्थ च्याप्टरका अध्यक्ष गणेश घिमिरेले यो सम्मेलनले च्याप्टरहरु बीच दरिलो सम्बन्ध स्थापना हुनुका साथै सस्थाको दिर्घकालिन विकासमा सम्मेलन कोशेढुंगाको रुपमा रहने प्रष्ट्याए | उनले यो सम्मेलनमा अस्ट्रेलियाको ससक्त प्रस्तुति रहने समेत जानकारी दिए ।
यो सम्मेलन सफल बनाउका लागि भर्खरै मात्र अनेसास लस एन्जेलस् च्याप्टरका अध्यक्ष शान्तिराम ढकालको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । मूल समारोह समितीको सह – संयोजकमा डन बहादुर कार्की र सदस्यहरुमा सुमल गुरुङ, प्रकाश पौडेल, भीमसेन सापकोटा, प्रकाश नेपाल, गीता पन्थ, गीता खत्री, भगवती बस्नेत, भोला सिवाकोटी कुसुम ज्ञवाली लगायत स्थानीय समाजका साहित्यकार, बुद्दिजिबि, कलाकार, समाजसेवी र ब्यवसायीहरु गरि ५१ सदस्य रहनु भएको छ | साथै समारोह सल्लाहाकार समितीमा डा. श्याम कार्की, होमनाथ सुबेदी, डा. खगेन्द्र प्रसाद लुइँटेल , ऋषि ढकाल , भक्त थापा , मुकुन्द ढुंगाना , वेद भक्त जोशी , उमा कार्की थापा, राजेन्द्र सिवाकोटी हुनुहुन्छ ।
त्यसै गरी व्यस्थापन समिति संयोजक – राम लामा, आर्थिक संयोजकमा तिलक कार्की,  स्वागत संयोजकमा शुशिला पाण्डे ,महिला को -अर्डिनेसन  संयोजकमा तुलसा कार्की, सांस्कृतिक संयोजकमा -इन्दिरा त्रिपाठी, टेक लामा , प्रचारप्रसार संयोजकमा प्रेम गुरागाईं, खाद्य संयोजक प्रकाश चन्द्र घिमिरे , यातायात ब्यबस्थापन संयोजक  नवीन पोखरेल , युथ को -अर्डिनेसन संयोजक – बास बिस्सु  (विश्व), उत्तम जंग थापा,अनुषा कार्की रहनु बहेको छ भने मेडिया पार्टनरहरुका रुपमा  हिमाली  पोस्ट,  मेरो  खबर,  हिमालय खबर, खुल्ला मंच, समुदाय मासिक , ए एन टिभी, बीआरटि नेपाल, हाम्रो इन्टरनेट रेडियो लगायतका रहेका छन् ।
अनेसासको २५ बर्षे इतिहासमा प्रथम पटक हुनगैरहेको सम्मेलनको उच्चस्तरीय समितिमा पदम विश्वकर्माको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष राम खत्री, महासचिब गोबर्धन पूजा र लस एन्जेलस् च्याप्टरका अध्यक्ष शान्तिराम ढकाल रहेका छन ।
उक्त सम्मेलनका अबसरमा बिगत २ बर्षमा उत्कृष्ठ कार्यसम्पादन गरेको च्याप्टरलाई अमेरिकी डलर ५०० (पांच सय) को “अनेसास राम लामा सर्बोत्कृष्ट च्याप्टर पुरस्कार” समेत प्रदान गरिने भएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment