Comments Add Comment

शिव बहुउद्देश्य सहकारी संस्थामा चोरी

Chor१८ जेठ, गुलरिया (बर्दिया)। शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एक अज्ञात समूहद्वारा रु १२ लाख ६९ हजारको चोरी भएको छ ।

सोमबार राति १ बजेको समयमा बर्दिया जिल्ला सूर्यपटुवा गाविसस्थित शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा १२ जना अपरिचित व्यक्ति आई अफिसको चौकीदार योग्यबहादुर थापा क्षेत्रीलाई नियन्त्रणमा लिई शौचालयमा थुनी सहकारीमा रहेको रु १२ लाख ६९ हजार लुटी सो समूह फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सो घटनाको अनुसन्धान भइरहेको तथा लुटेरा फरार रहेकोले खोजी भइरहेको जानकारी प्रहरी कार्यालयले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment