Comments Add Comment

दीक्षित परिवारको १८ रोपनी जग्गा मालपोतद्वारा रोक्का

Kanakmani१९ जेठ, वैशाख, काठमाडौं । ललितपुरका मालपोत कार्यालय र भूमिसुधार कार्यालयले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नामममा रहेको १८ रोपनी जग्गा रोक्का गरेका छन् ।

रानी जगदम्बाकुमारी राणाले सरकारलाई दिएको जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको ठहर गर्दे सरकारको नामममा फिर्ता ल्याउन अख्तियारले आइतबार भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ ।

दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहकोे थप अकुत समपत्तिमाथि छानविन भइरहेको स्रोतले जनाएको छ ।
अख्तियारको निर्देशनपछि ललितपुरका मालपोत र भूमिसुधार कार्यालयले मंगलबार कनकमणि , कमलमणि र कुन्दमणि दिक्षितका नाममा सातदिने म्याद जारी गरेको छ ।

तोकिएको जग्गा आफ्नो नाममा हुने भए प्रमाण सहित सात दिनभित्र उपस्थित हुन ती कार्यालयहरुले दीक्षित परिवारलाई म्याद तोकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment