+
+
Shares

विहारको शिक्षाः इन्टरमिडिएट टपर नै फेल !

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २२ गते १९:४४

Exam

२२ जेठ, काठमाडौं । बिहार इन्टरमिडिएट साइन्सको दुई टपर शुक्रबार भएको परीक्षामा फेल भएका छन् । यससँगै उनीहरुको इन्टरमिडिएटको रिजल्ट रद्द गरिएको घोषणा भएको छ ।

शनिबार साँझ करिव ५ बजे विहार विद्यालय परीक्षा समितिका अध्यक्ष लालकेश्वर प्रसाद सिंहले पत्रकार सम्मेलन गरेर रिजल्टबारे जानकारी दिए ।

फेल घोषित गरिउका विद्यार्थीमा साइन्स टपर सौरभ श्रेष्ठ र तेस्रो स्थान हासिल गर्ने राहुल कुमार पनि छन् । दुबैले वैशाली जिल्लाको विष्णु राय महाविद्यालयको छात्रका रुपमा परीक्षा दिएका थिए ।

अर्का टपर रुबी राय भने शुक्रबारको परीक्षामा सहभागी भइनन् । उनलाई ११ जुनमा परीक्षा लि आउन भनिएको छ ।

रुबी र शौरभको अन्तरवार्ता प्रशारित भएपछि इन्टरमिडिएट टपरमाथि प्रश्न उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?